www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीःकर्मचारीमा संक्रमण देखिएपछि प्रतिक्षालयबाट ओपिडी सेवा दिँदै जिल्ला अस्पताल

नवलपरासी ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ ।

जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .सुनिल गौतमले बताए।

Batas

बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उनले बताए। जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोभिड–१९ को जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उनले बताए ।

अस्पतालका कुनै पनि सेवा नरोकिएको डा .गौतमको भनाइ थियो । बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उनले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.