www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका बाढी पहिरो पीडितलाई कास्की परिवार दक्षिण कोरियाको सहयोग

पोखरा ।

कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लाको विभिन्न भेगमा गएको बाढी पहिरो पीडितलाई राहत स्वरुप सहयोग हस्तान्तरण गरेको छ ।

कास्की परिवार दक्षिण कोरियाले राहत रकम कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल,नेपाल च्याप्टरको संयोजकत्वमा तिन लाख तिनसय पचास रुपैयाँ हस्तान्तरण गरेको हो।

Batas

बाढी पहिरोबाट भएको मानवीय क्षति र विस्थापित भएका परिवारलाई सहयोग गर्ने उदेश्यले नन्दजंग गुरुङको संयोजकत्व र एस पि अधिकारिको सह संयोजकत्वमा संकलन गरेको गरेको हो।

सहयोग चार चरणमा हस्तान्तरण गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको वडाहरुमा भदौँ १९ ,२१,२२ र २३ गते आर्थिक राहत सहयोग हस्तान्तरण गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाको ८ घर परिवारलाई प्रती परिवार ९ हजार १ सयका दरले ७२ हजार ८ सय रुपैयाँ प्रदान गरिएको थियो । राहत पाउने व्यक्तिहरुमा कुल बहादुर परियार,भोले परियार , बल बहादुर परियार , रमेश परियार, मनोज परियार, डील परियार,विवा परियार र राजाराम भण्डारी रहेका छन् ।

त्यसैगरी माछापुच्छ्रे गाउँपालिकाका ८ घर परिवारलाई प्रती परिवार ८ हजार १ सयका दरले जम्मा ६४ हजार ८ सय रुपैयाँ वितरण गरिएको छ। जसमा रबीलाल बि.क ,डोल बि.क, डील बहादुर बि.क ,दुर्गे वि.क , छलि परियार, राम ब.नेपाली, लक्ष्मी परियार , कल्पना पुन मगरले सहयोग पाएका छन् ।

रूपा गाउँपालिकामा ७ घर परिवारलाइ प्रती परिवार ९ हजारका दरले ६३ हजार रुपैयाँ वितरण गरिएको छ । राहत पाउनेमा गद्देमाल बि.क, दान बहादुर नेपाली , कृष्ण बहादुर नेपाली, सुर्य बि.क , प्रेम मिजार , पुर्ण बहादुर भुजेल र मन बहादुर नेपाली रहेका छन् ।

राहत वितरणको अन्तिम दिन पोखरा महानगरपालिकाको कार्यालयमा महानगर भित्र ३ घर परिवारलाइ १० हजारको दरले र ९ घर परिवार लाई ७ हजार ७ सय ५० का दरले राहत हस्तारण गरिएको छ ।

राहत प्राप्त गर्नेहरुमा प्रेम बि. क , स्व.हिमकली अधिकारिको परिवार, सन्तोष खडका, स्व.टंक बहादुर थापाको परिवार , राम प्रसाद उपाध्यय , सीता दहाल,कृष्ण बहादुर वि.क, चित्रकला बि.क, बाबुराम बि.क, टिकाराम आचार्य ,स्व.दुर्गा बिकको परिवार र गिरिधारी वास्तोला रहेका छन् ।

जिल्ला तथा प्रदेशका जननिर्वाचित जनप्रतिनिधीहरू प्रदेश सभा सदस्यहरूको प्रमुख आतिथ्यतामा राहत हस्तान्तरण गरेको परिषदले जनाएको छ । राहत हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारी,रामजी वराल, गण्डकी प्रदेशका अर्थ तथा विकास सभापती दिपक कोईराला, पोखरा महानगरपालिका उप प्रमुख मन्जु गुरुङको उपस्थिती रहेको थियो ।

त्यस्तै गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरु सगुन गुरुङ ,कर्ण ब.गुरुङ कृष्ण कुमारी दबाडी , नवराज ओझा, लाल सुब्बा तथा गाउँपालिकाका कार्यकारी अधिकृत साथै स्थानिय वडाअध्यक्षहरुको विशेष आतिथ्यता रहेको थियो ।

उनीहरुकै रोहबरमा कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ ,कार्यसमिती सदस्य राम बहादुर क्षेत्रीको प्रत्यक्ष समन्वयमा वास्तविक पिडितहरुलाइ राहत वितरण गरिएको थियोे ।

राहत वितरण कार्यक्रममा कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ, कार्यसमिती सदस्य राम बहादुर क्षेत्री , सल्लाकारहरु प्रदिप गुरुङ,भक्त शेरचन, लक्ष्मि शेरचन , सुमन थापा , राजु पौडेल, राजु सुवेदी, सपना गुरुङ्ग, कुल बहादुर ,बलाराम भण्डारी, निशान्त थापा, गुमन सिंह गुरुङ,रजन्त गुरुङ,एक गुरुङ,सुर्य सुवेदी, सविन लामिछानेको उपस्थिती रहेको थियो ।

साथै कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपाल का पदाधिकारिहरु , उपाध्यक्ष डा. सुन्दर पौडेल, उपाध्यक्ष निरज थापा कुवर , कोषाध्यक्ष गणेशराज पहारी, महिला संयोजक पुजा शाह, शिव गिरि, हरि ढकाल नेपाल च्याप्टर स्ंयोजक शोभाखर भण्डारि सहसंयोजक खोम ब. कार्की र प्रहरी सहायक निरीक्षक तुल बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।

यसअघि कास्की परिवार दक्षिण कोरियाले दुबै मृगौला फेल भएकी याम कुमारी थापालाई आपतकालिन कोषबाट १००००० वोन र कार्य समितीबाट आन्तरिक सहयोग गरी जम्मा २,००,००० वोन सहयोग गरेको थियो ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.