
बागलुङ ।
बागलुङकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् ।
बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड –१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ । रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.