www.tandavnews.com
Fact ~ In search of truth

गल्याङ नगरपालिकाले विपन्न परिवारको घर बनाइदिने

स्याङ्जा ।

गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।

नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन् ।

Batas

स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको शुरु गरिएको नगरपालिकाले जनाएको छ । घर निर्माण कार्यको शुभारम्भ गर्दै नगर प्रमुख भूपराज अधिकारीले भने,‘घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्छ ।’

साउन ११ गतेको अविरल वर्षाका कारण घर भत्किएर उनीहरु छिमेकीको घरमा बस्दै आएका थिए । घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गरेर घर निर्माण गर्ने गरी काम शुरु गरिएको वडाध्यक्ष ध्रुव्रप्रसाद शर्मा पङ्गेनीले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.