www.tandavnews.com
Fact ~ In search of truth

प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का संक्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सह प्रा .डा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका संक्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् ।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा.आचार्यका अनुसार यो विधिको लागि संक्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुन्छन् ।

Batas

त्यसैगरी कोरोना संक्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा. आचार्यले जानकारी दिए । ‘हामीले दुई संक्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ’, आचार्यले भने ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशममा हालसम्म दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ संक्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् । यस प्रदेशमा ९११ जना सक्रिय संक्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.