www.tandavnews.com
Fact ~ In search of truth

फिजिकल डिस्टेन्स, सेनिटाइजर र मास्कसहित भोलिदेखि कास्कीमा सार्वजनिक सवारी सरर…

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा भोलिदेखि सार्वजनिक सवारी चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आज सूचना जारी गर्दै सुरक्षा मापदण्ड अपनाएर भाेलिदेखि सवारी चल्न दिने जनाएको छ ।

‘कास्की जिल्लाभर यात्रुबाहक सार्वजनिक साधनहरु सञ्चालनको हकमा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनुरुप भौतिक दुरी कायम हुने गरी एक लहरमा एक जना मात्र बस्न व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको प्रवेशद्धारमै स्यानिटाइजरको व्यवस्था गर्ने र अनिवार्य रुपमा दैनिक सवारी साधन निसंक्रमित गर्ने गरि तथा स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पूर्ण पालना गरि गराई निजी सावरी साधनहरु विहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिने’ प्रशासन कार्यालय कास्कीले सूचनामा उल्लेख गरेको ।

Batas

सूचनामा हेर्नुहोस् ! के पाइन्छ, के पाइदैन ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.