www.tandavnews.com
Fact ~ In search of truth

मणिपालमा उपचाररत २ बिरामीसहित गण्डकीमा थपिए ३२ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ३२ संक्रमित थपिएका छन ।

Batas

प्रदेशका ५ जिल्लाका ३२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमित हुनेमा कास्कीका २, स्याङ्जाका ४, लमजुङ १७, तनहुँका १ र नवलपरासीका ८ जना रहेका छन् ।

पोखरा महानगरपालिका–१६ का २० वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । भने कास्की जिल्ला पोखरा महानगरपालिका–९ का ७० वर्षीय पुरुष र  स्याङ्जा पुतलीबजार–३ का ७६ वर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत रहेका छन् । यस्तै लमजुङ सुन्दरबजार–९ का १६ जना पुरुषहरु आर्मी रहेका छन भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २९३५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.