www.tandavnews.com
Fact ~ In search of truth

महानगरका दुई कर्मचारीको प्रतिक्रिया

पाेखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका लेखाका उपसचिव जयराम पौडेल र अधिकृत गणेश पाण्डेले ताण्डव न्यूजमा प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाएका छन् ।  उनीहरुले समाचार लेख्दा आफ्नो धारणसहित समाचार प्रकाशन गर्नु पर्ने उल्लेख गरेका छन् । महानगरपालिका भित्र पारदर्शिता, सुशासन कायम गरि सेवा प्रबाहलाई सुधार गर्ने विषयमा कुनैपनि सवालमा नचुक्ने र निरन्तर खराव प्रवृत्ति बिरुद्व लड्ने जानकारी समेत खण्डन मार्फत गरेका छन् ।

खण्डन यस प्रकार छ

Batas

प्रस्तुत विषयमा मितिः २०७७/०५/१८ मा पोखराबाट प्रकाशन हुने तान्डव न्युजमा प्रकाशित महानगरका तीन कर्मचारी कारवाही दायरामा शिर्षकको समाचारमा हाम्रो पनि नाम जोडेर आएका समाचार प्रति गम्भिर ध्यानाकार्षण भएको छ ।  यस्तो समाचारको खण्डन गरी सत्य तथ्य कुरा जानकारी गराउनु एक ईमान्दार र निष्ठावान कर्मचारीको रुपमा आफ्नो कर्तव्य ठानेका छांै ।

पोखरा महानगरपालिकामा भएको आर्थिक अनियमितता र भ्रष्टचार विरुद्ध काम गरिरहदा सत्य, तथ्य र वास्तविक प्रमाणविना संस्थागत हितको लागि काम गर्ने कर्तव्यनिष्ठ, नैतिकवान कर्मचारीलाई कारवाही गर्ने भनि चरित्र हत्या गर्न खोजिएकोले यस्तो कार्यको लागि हामी घोर भर्तसना गर्दछौ । हामी ईमान्दार कर्मचारीको सम्पत्ति नै नैतिकता हो । त्यसकारण संचार जगत सरकारी कार्यालयमा पारदर्शिता कायम गराई नागरिक प्रति सरकारलाई थप जिम्मेवार बनाउने, भ्रष्टाचार तथा अन्य अनियमितताका विरुद्धमा पहरेदारको रुपमा काम गर्ने राज्यको चौंथो अंग हो भन्ने हाम्रो बुझाई छ ।

त्यसकारण कुनै पनि समाचार प्रकाशन गर्दा सत्य तथ्य र सम्बन्धित कर्मचारीबारे कसैले लगाएको झुठ्ठा आरोपको आधारमा मात्र समाचार सम्प्रेशण नगर्न र सम्वन्धित कर्मचारीको धारणा सहित समाचार प्रकाशन गर्न आह्वान र ध्यानाकर्षण गराउन चाहान्छांै ।

महानगरपालिका भित्र पारदर्शिता, सुशासन कायम गरि सेवा प्रबाहलाई सुधार गर्ने विषयमा हामी कुनैपनि सवालमा नचुक्ने र निरन्तर खराव प्रवृत्ति बिरुद्व लड्ने जानकारी समेत गराउँछांै ।

सम्बन्धीत न्यूज

रामघाट काण्डः महानगरका तीन कर्मचारी कारवाहीको दायरामा

रामघाट काण्ड : कारवाहीको लागि छवीको ‘ २ ग्रेड’ रोक्न प्रस्ताव

पोखरा महानगरको ३ करोड काण्ड : कसले कारवाही गर्ने अटेरी ‘बाहुबली’हरुलाई ?

‘यि अनुहारलाई किन कारवाही गर्न डराएको महानगर ?’

ठेकेदार भर्सेस महानगर : ११ करोड उठाउन पोखरा महानगरले ठेकेदार विरुद्ध मुद्दा हाल्ने

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.