www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट कास्कीका १ सहित गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यु

संक्रमणबाट मृत्यु हुनेको संख्या २७

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ ।

Batas

कास्कीका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मादीगाउँपालिका ४ स्थायी घर भई हाल काठमाण्डौ नयांबजार वस्ने ५१ वर्षिय पुरुषको भाद्र २६ गते अस्ति शुक्रबार विहान ११ः२८ बजे शसस्त्र प्रहरी वल अस्पताल, बलम्बुमा निधन भएको हो ।

ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भई भाद्र २४ गते अस्पताल भर्ना भएका उनको भाद्र २३ गते स्वाव संकलन गरी परिक्षण गर्दा भाद्र २४ गते कोरोना पुष्टी भएको थियो । उनी क्यान्सर, हाइपोथाइराडिजमको विरामी रहेका थिए ।

यस्तै तनहुँ जिल्ला आँबुखैरेनी नगरपालिका–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । भदौ २० गते काठमाडौं स्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र,शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागी पुगेकी वृद्धा महिलामा २३ गते कोरोना पुष्टि भएको थियो । उनमा मुटुको समस्या रहेको जनाइएको छ ।

यसैबीच गोरखाका एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गोरखा जिल्ला, भीमसेनथापा –३ का स्थानीय ४५ बर्षीय पुरुषको त्रिभुबन विश्वबिद्यालय शिक्षण अस्पताल, काठमाडौँमा उपचारको क्रममा आज बिहान २ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो । उनमा भाद्र २३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा किड्नी सम्बन्धि समस्या रहेको बताइएको छ ।

मृतक सम्बन्धि विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँबाट आज मात्र प्राप्त भएकाले सुचना प्रवाहमा ढिला भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.