www.tandavnews.com
Fact ~ In search of truth

नेकपा अध्यक्ष दाहालद्वारा सिन्धुपाल्चोक पहिरोबाट क्षति भएकोप्रति दुःख व्यक्त

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका छन् ।

‘दुःखद क्षणमा पहिरामा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु’, अध्यक्ष दाहालद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ । उक्त पहिरामा परेका नौ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा रहेको जनाइएको छ ।

Batas

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत उनले आग्रह गरेका छन् ।

उनले वक्तव्यमा भनेका छन्, ‘उनीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.