www.tandavnews.com
Fact ~ In search of truth

बाघको हड्डीसहित स्याङ्जाका केहरसिंह नेपाली पक्राउ

स्याङ्जा ।

बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बाघको जस्तो देखिने हड्डी लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ हड्डी बरामद गरी आज डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता अधिकारीले बताए । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.