पोखरा ।
देशमा १०३९ संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १७३ जना कोरोनालाई जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.