www.tandavnews.com
Fact ~ In search of truth

गाडीमा घिरौला फलिसक्यो, बरु गोली थाप्न तयार छौँ, सवारी निकाल्छौ : यातायात व्यावसायी

विश्वकर्मा पुजाकै दिनदेखी लामो दुरीका सवारी चल्ने

अर्जुन गाहा,

पोखरा/ताण्डव न्यूज ।

पोखरा महानगरपालिका ८ स्थित पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालय अगाडि एक हाईसबाट धुवा पुत्ताईरहेको अप्रत्यासित दृश्य हेर्नेको भिड देखिन्छ ।

Batas

भिडका प्रायले प्रश्न गरिरहेका छन् के भएर आगो लाग्यो ? तर प्रसंग भने फरक छ । यातायात व्यवसायीहरुले विश्वकर्मा पुजाको अवसर पारेर (असोज १ गते) देखी लामो दुरीका सवारीहरु सञ्चालनमा ल्याउने जमर्काे गरिरहेका छन् । कोरोना कहर र महामारीका बिच १ गते बाट सवारी सञ्चालनमा ल्याउदा गाडीलाई कसरी सेनिटाईज गरिन्छ भनेर डेमो देखाईएको दृश्य थियो त्योे ।

कोरोना भाईरसको प्रभावले पछिल्लो समय हजारौ सवारी साधन थन्किएर बसेका छन् । कतिपय यातायात व्यवसायीले पार्किङ भएर बसेका सवारी साधनमा घिरौला फलेको टिप्पणी दिदै आएका छन् । निजी सवारी आवागमनमा कोरोना संक्रमण नफैलने र उचित सुरक्षा सामाग्री प्रयोग गरी सार्वजनिक सवारी गुडाउदा संक्रमण हुने यो कस्तो सवाल हो ? व्यवासायीहरुको प्रश्न छ ।

‘सबै पेशा व्यवसाय चलायमान हुने हामी यातायात व्यवसायीलाई रोक्नपर्ने कारण के छ ?, पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले ताण्डव न्यूजसँग भने, ‘आन्तरिक रुपमा कालो प्लेटका सवारी गुड्न पाउने तर लामो दुरीका चल्न नपाउने भन्ने के हो तनी कि हामीलाई राज्यले खानपिनको व्यवस्था गर्न पर्याे ।’

अध्यक्ष केसीले सरकारले जारी गरेको आदेशलाई सौभाद्र तरिकाले पालना गरेको स्मरण गर्दै भने, ‘हामीले ६ महिनासम्म राख्यौ । कति बाध्य भएर बस्ने हाम्रो सवारी साधनमा घिरौला फलेर बसेका छन् । ब्याट्रीले काम गर्दैन, पाटपुर्जा बिग्रेका छन् । कति बाध्य भएर बस्ने ।’

उनले सवारी सञ्चालन नभएपनि यातायातले जरिवाना लिदै आएको बताए । ‘गाडी खडा तर जरिवाना लिएको छ । त्यही भएर हामी बाध्य भएका छौ, उनले भने, ‘हामी गोली खान तयार छौँ । हामी गिरफ्तारी दिन तयार अब हामी कुनै पनि मानेमा हाम्रो कम्पनी र यो देशका यातायात व्यवसायीहरुसँग मौखिक छलफल भएको छ सबै सवारी साधन निकाल्छौ ।’

उनले आगामी १ गतेबाट यात्रुको आवश्यकता अनुसार लामो दुरीका सवारी साधन निकाल्ने बताउदै पोखराबाट काठमाडौं, महेन्द्रनगर, सुनौली, काँकडभिट्टा तथा चितवन लगायतको स्थानमा सुरक्षा सामाग्रीको उचित प्रयोगसँगै सवारी छुट्ने बताए । ‘हाम्रो गाडीलाई नेपाल सरकारले प्रहरीले जहाँ रोक्छ ।

त्यही छोडिदिन्छौ र सिडियो कार्यालय गएर क्याम्प खडा गरेर धर्ना दिई बस्छौ यसमा हाम्रो दुईमती छैन ।’ उनका अनुसार सवारी साधनलाई छुट्ने स्थान र पुग्ने स्थानमा निर्वाध रुपमा सेनिटाईज गरिनेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.