www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रहरीसहित थप १७ जनामा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरमा प्रहरीसहित थप १७ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा वडा नं ४ र १७ का ७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो । पोखरा ३३ का २३ वर्षीय पुरुष, १४ का ३६ वर्षीय पुरुष, १७ का २७ वर्षीय पुरुष भारतबाट र ७ का ४४ वर्षीय पुरुष जापानबाट आएर क्वारेन्टाइनमा छन् ।

Batas

पोखरा ८ की २१ वर्षी महिला महाननगर अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका निर्देशनालयले जनाएको छ ।

यस्तै बागलुङको बडीगाडमा विदेशबाट आइ क्वारेन्टाइन बसेका २ पुरुषमा संक्रमण देखिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.