www.tandavnews.com
Fact ~ In search of truth

पीसीआर परीक्षणको शुल्क दोस्रो पटक घट्यो, अब २ हजारमै परीक्षण

काठमाडौँ ।

कोरोना भाइरस संक्रमण भएको छ छैन पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण भए नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क दोस्रो पटक घटाएको हो ।

Batas

हाल ४ हजार ४ सय रुपैयाँमा हुँदै आएको पीसीआर परीक्षण अब २ हजारमा गरिने भएको छ।सबै सेवा शुल्क सहित बढीमा २ हजार रुपैयाँ लिन पाउने गरि निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।

पीसीआर परीक्षणका निम्ति आवश्यक सामग्रीको भाउ घटेकोले परीक्षण शुल्क घटाइएको बताइएको छ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘हाल पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्रीको मूल्य घटेकाले पहिलेको शुल्कमा घटाउने गरी निर्णय गरिएको हो।’

परीक्षणका निम्ति चाहिने रसायन वा रिएजेन्टको भाउ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा घटेकोले उनले बताए।शुरुमा पीसीआर परीक्षणका लागी १० प्रतिशत सेवा शुल्क सहित ६ हजार ५० रुपैयाँ तोकिएको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.