www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः जैमिनी पहिरोमा बेपत्ता वृद्धको शव फेला

बागलुङ ।

अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।

बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि आज बिहान फेला परेको हो । मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

Batas

स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो । पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.