www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःगण्डकी मेडिकल कलेजकी नर्ससहित कास्कीमा थपिए ३४ संक्रमित

पोखरा,
ताण्डव न्युज ।

कास्कीमा थप ३४ नयाँ संक्रमित थपिएका छन् ।

Batas

जसमध्ये ३२ जना पोखरा महानगरपालिका र २ जना रुपागाउँपालिकाका व्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यस्तै प्रदेशमा ४४ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा तनहुँका ६, लमजुङका ३, स्याङ्जाका १ र कास्की जिल्लाका मात्रै ३४ जना रहेका छन् ।

पोखराका महानगरपालिका ९ की २६ वर्षीय महिला गण्डकी मेडिकल कलेजकी स्टाफनर्स रहेकी छिन् । भने स्याङ्जाका पुतलीबजारका ८० वर्षीय महिला सोही अस्पतालमा उपचाररत रहेकी छिन् ।

लमजुङका तीन संक्रमित र पोखरा २५ की ८ वर्षीया बालिका भारतबाट आएको जनाइएको छ । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सगै प्रदेशमा संक्रमितको संख्या ३०६४ पुगेको छ । आज मात्रै अहिलेसम्म प्रदेशमा ८३ जना संक्रमित थपिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.