www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा १५ जनाले संक्रमणबाट ज्यान गुमाए, १७९ जना आईसीयूमा

पोखरा ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गएको छ । मन्त्रालयका अनुसार थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।यसअघि हिजो आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

संक्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् ।

Batas

यसैबीच गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यो सगँै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५५ हजार तीन सय २९ पुगेको छ ।गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।

मन्त्रालयको अनुसार अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.