www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः गोरखाकी संक्रमितको काठमाडौंमा उपचारको क्रममा मृत्यु

प्रदेशमा ७ जिल्लाका ४७ संक्रमित थपिए

पोखरा,
ताण्डव न्युज ।

गण्डकी प्रदेशमा ४७ नयाँ संक्रमित थपिएका छन् ।

Batas

प्रदेशका ७ जिल्लाका ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा पोखरा महानगर वडा नम्बर १४ र १ का ३ जना, स्याङ्जाका १२, नवलपरासीका २०,गोरखाका १ जना, तनहुँका ८ जना, लमजुङ र मनाङका १ रहेका छन् ।

पोखरा वडा नम्बर १४ का र १ का २ पुरुष नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । भने तनहुँ जिल्ला शुक्लागण्डकी–१० का २३ वर्षीय महिला सोही अस्पतालमा उपचाररत महिला रहेकी छिन् ।

यसैबीच गोरखा जिल्ला, बारपाक सुलिकोट–८ का ६३ वर्षीया महिलाको काठमाडौं स्थित श्री विरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा निधन भएको छ । उनमा भदौँ २५ गते कोरोना पुष्टि भएको थियो ।

उनी क्यान्सर रोगी रहेको जनाइएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान जानेको संख्या ३० पुगेको छ । भने संक्रमितको संख्या ३१२१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.