www.tandavnews.com
Fact ~ In search of truth

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार इन्द्र पौडेल सम्मानित

पोखरा ।

सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार इन्द्र पौडेल सम्मानित भएका छन ।

क्लबको २२औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार पौडेललाई प्रदान गरिएको हो । पौडेललाई नगद २० हजार पाँच सय रुपियाँ, ताम्रपत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ ।

Batas

क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पुर्याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुन् ।यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

क्लबले सोही वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सोही अवसरमा क्लबका सदस्य प्रकाश रानालाई समेत सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको बताए ।

गण्डकी प्रदेशको खेल विकासको लागी सरकारी निकायसँग खेलकर्मी बसी छलफल गर्दै अघि जानुपर्ने गुरुङको भनाइ छ । त्यस्तै क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए ।

सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले दस हजार रुपैयाँ सहयोग समेत गरेको छ । कार्यक्रममा सम्मानित पत्रकार इन्द्र पौडेल, क्ल्बका अध्यक्ष केशव बहादुर थापा लगायतले आफ्नो भनाइ राखेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.