www.tandavnews.com
Fact ~ In search of truth

एकै दिन थपिए १४ सय ५९ कोरोना संक्रमित

संक्रमणबाट ११ जनाले ज्यान गुमाए

पोखरा ।

नेपालमा थप १४ सय ५९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । हालसम्म संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

२४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गरिएको छ ।२४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । यस्तै २४ घण्टामा ११ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै संक्रमणबाट ज्इान जानेको संख्या हालसम्म ३७१ पुगेको छ ।

Batas

अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.