www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ८ प्रहरी सहित कास्कीमा थपिए २९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज बिहानै २९ संक्रमित थपिएका छन् ।

Batas

पोखरा वडा नम्बर ८ का दुई पुरुष, एक महिला, ५का एक पुरुष, ११ का ४ महिला, १ पुरुष, २७ का ४ पुरुष,४, ८ पुरुष,१५का २ पुरुष, १० का एक पुरुष, एक महिला, ९ का एक पुरुष, वडा नम्बर १ का एक महिला, ६ का एक पुरुष र रुपा गाउँपालिका १ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

कास्कीका २९ सहित प्रदेशमा ५० संक्रमित थपिएका छन् । निर्देशनालयको अनुसार संक्रमित हुनेमा बागलुङका ३ जना,तनहुँका ५ जना र गोरखाका १३ जना रहेका छन ।

पोखरा महानगरपालिका –४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेको जनाइएको छ । वडा नम्बर १५ का ४० वर्षका २ पुरुष, २७ का २८ वर्षीय पुरुष र वडा नम्बर ६ का २१ वर्षीय पुरुक्ष भारतबाट आएको जनाइएको छ । ।

वडा नम्बर १ का २५ वर्षीया महिला पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेकी छिन ।
यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.