www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोकमा ६ रेक्टरको पराकम्प

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

Batas

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो संख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए ।

विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.