www.tandavnews.com
Fact ~ In search of truth

जैमिनी पहिरो पीडितलाई प्रदेश सरकारको ५० हजार सहयोग

बागलुङ ।

बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिरामा परी ज्यान गुमाएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत प्रदान गरेका हुन् । पहिरामा परी ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रतिपरिवार ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

Batas

राहत प्रदान गर्दै मन्त्री चुमानले विपत्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए । स्थानीय सरकार र संघ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उनले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरे ।

प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उनको आग्रह थियो । जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिराका कारण आठ घर पुरिएका छन् । पहिराको जोखिमका कारण दर्जनभन्दा बढी परिवार आफ्नो घर छाडेर छिमेकमा बसेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.