www.tandavnews.com
Fact ~ In search of truth

आज (बुधबार) अहिलेसम्मकै धेरै १५३९ संक्रमित थपिए

पोखरा ।

नेपालमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५८ हजार तीन सय २७ पुगेको छ ।

Batas

गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार ६८ जना निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४१ हजार सात सय ६ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.