www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३ : विपन्न तथा जेहेन्दार एक विद्यार्थीलाई वडाले पूर्ण छात्रवृत्तिमा इञ्जिनियरिङ पढाइदिने

पोखरा
ताण्डव न्यूज ।

वडाका एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोखरा १३ले पुर्ण छात्रवृत्तिमा इञ्जिनियरिङ पढाइदिने भएको छ । पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा पोखरा १३मा स्थायी निवासी एक विद्यार्थीलाई पुर्ण छात्रवृत्ति दिने भएको हो ।

महानगरले प्राविधिक शिक्षा तथा तालिम परिषद् सीटीईभीटी बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा बहुप्राविधिक शिक्षालयको स्थापना गरेको हो । शिक्षालयले सिभिल इञ्जिनियरिङ र अटोमोबाइल इञ्जिनियरिङको ३ वर्षे डिप्लोमा कोर्षकालागि भर्ना आह्वान गरेको छ । एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने छन् ।

Batas

शिक्षालयले दुई विषयमा ४८/४८ कोटा निर्धारण गरेको छ । १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला रहेका छन् ।  सिभिल इन्जिनियरिङका लागि तीन वर्षको १ लाख ९५ हजार र अटोमोबाइलको एक लाख ७५ हजार शुल्क तोकिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.