www.tandavnews.com
Fact ~ In search of truth

कोरोनासँगै गण्डकीमा डेंगुका १ सय ५ र स्क्रब टाइफसका ५४ बिरामी

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणसँगै डेंगु र स्क्रबटाइफसको संक्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष संक्रमण कम देखिएको छ ।

कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले गत वर्ष पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेंगु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।

Batas

म्याग्दीमा सबैभन्दा बढी डेंगुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यस अवधिमा म्याग्दीमा डेंगुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ । कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा ४, नवलपरासीमा ३, बागलुङमा २, पर्वत र गोरखामा १र१ जना डेंगुका बिरामी भेटिएका छन् ।

त्यसैगरी बागलुङमा ६, नवलपरासीमा ३ र कास्कीका २ जनामा स्क्रबटाइफस देखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् । डेंगुको नियन्त्रण गर्न र संक्रमण फैलिन नदिन स्वास्थ्य संस्थामार्फत ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रमहरु सुरु गरिएको उनको भनाइ छ ।

डेंगु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्छ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्छ । मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्ने लगायतका लक्षणहरु यसमा देखिन्छन् । डेंगुको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन ।

स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको संक्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत लक्षण देखिने भएकाले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.