www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवसको अवसरमा तीन सय कैदीलाई कारागारमुक्त गर्दै सरकार

काठमाडौं ।

सरकारले संविधान दिवसको अवसरमा तीन सय कैदीलाई कारागारमुक्त गर्ने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार आज (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले कारागारहरूकै सिफारिसमा तीन सय कैदी छाड्ने निर्णय गर्ने जनाइएको छ ।

Batas

उनीहरूलाई संविधान दिवसका अवसरमा असोज ३ गते काराकारमुक्त गरिनेछ ।सर्वोच्च अदालतले कारागारमा कैदी घटाउन अधिकतम कैदीलाई छाड्न निर्देशन दिएको स्रोतले बताएको छ तर अहिलेको कानुनले धेरै लाई छुट दिन नमिल्ने जनाइएको छ ।

सरकारले वर्षमा तीनपटक ज्येष्ठ नागरिक, ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीलाई बाँकी कैद मिनाहा गर्दै छाड्ने गरेको छ ।

गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसमा कैदीलाई सजाय छुट गरेर जेलमुक्त गरिन्छ। यसबाहेकका समयमा समेत सरकारले निर्णय गरेर कैदी छाड्न सक्छ।

देशभरका कारागारमा गरेर १४ हजार २७ कैदी छन्। भने कारागारमा १० हजार १ सय ३६ थुनुवा छन्। उनीहरूको फैसला नै नभएका कारण छाड्न मिल्दैन।

जबर्जस्ती करणीका मात्रै २५ प्रतिशत कैदी छन्। यस्तै लागुऔषधमा करिब २२ प्रतिशत र कर्तव्य ज्यान मुुद्दाका करिब २१ प्रतिशत छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.