www.tandavnews.com
Fact ~ In search of truth

चितवन राष्ट्रिय निकुञ्ज आसपास लोपोन्मुख दुर्लभ चरा बढ्दै

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको संख्या बढेको छ ।

ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको संख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए ।

Batas

नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध लगाएपछि र पानीको सतह कायम राख्न बाँध लगाएपछि चराको संख्या बढेको उनले बताए ।

माछा मार्न खोलामा विषादी हाल्ने क्रम रोकिएपछि पनि चरा संरक्षणमा सहयोग पुगेको छ ।राजधनेश, लोभिपापी गरुड, कालो गरुड, भुँडीफोर गरुड, घाँसे चरी र घेघरी घाँसे फिस्टे चराको संख्या बढेको बिंडारीले बताए ।

नेपालको चितवनमा मात्रै देखिने लामो ठुडे भ्याकुरको अवस्था पनि राम्रो भएको उनले बताए ।चितवन निकुञ्ज आसपासको क्षेत्रमा चिलको प्रजातीका चराको अवस्था पनि राम्रो छ । चितवनमा गिद्ध प्रजातीको चरा कम हुँदै गएपनि नवलपुर क्षेत्रमा संख्या बढ्दो छ ।

राजमयुर, खरमयुर, कृष्ण गरुड र सेतो गरुड कहिलेकसो देखिने गरेको बिंडारीले बताए । चितवनमा आधाभन्दा बढि प्रजातीका चराको संख्या बढेको छ ।

लोपोन्मुख दुर्लभ चरा पानीमा आश्रित धेरै छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बाटुली ताल, टिकौली ताल, लामी ताल, गरुण तालमा चराको संख्या उल्लेख्य देख्न सकिन्छ ।

कुमरोज सामुदायिक वनदेखि सौराहाको ड्यामसम्मको क्षेत्रमा पनि चरा धरै देखिन्छन् ।चितवनको बर्ड सेन्चुरी ९चराको मुख्य बासस्थान०को रुपमा टिकौलीको ताल क्षेत्र विकास भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गबाट सय मिटर दूरीमा रहेको बीसहजारी ताल विश्व रामसार सूचीमा सूचिकृत छ ।ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकाले चराले ताल वरिपरी गुण लगाउने र खेतीमा विचरण गर्ने चराविद् बताउँछन् ।

विश्वबाट लोप हुन लागेका ४४ प्रजातीका चरा नेपालमा पाइन्छन् । तीमध्ये चितवनमा मात्रै ३४ प्रजातीका चरा पाइन्छन् ।

नेपालमा पाइने ८४१ प्रजातीका चरामध्ये चितवनमा मात्रै ६४१ प्रजातीका चरा पाइन्छन् । नेपालमा विभिन्न संघ संस्थाले चराको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन् ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.