www.tandavnews.com
Fact ~ In search of truth

वाग्मती प्रदेश सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैंयाँ दिने

काठमाडौं ।

Lama collectio News Middle

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको हिजो(बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोभिड –१९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop