www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि फेवा आँगनमा ‘फ्रेण्ड्स क्याफे’

पोखरा
ताण्डव न्यूज ।

वर्षअघिदेखि बिरौटा चोकमा सञ्चालनमा आएको फ्रेण्ड्स क्याफेले आजदेखि ड्यामसाइडबाट सेवा सुचारु गरेको छ । ड्यामसाइडस्थित केसी होटलसँगैको फ्लोरमा क्याफे सञ्चालनमा आएको हो ।

कफी, बेकरी आइटम लगायत विभिन्न पेय पदार्थ, स्न्याक्सको स्वादमा रम्दै आएका फ्रेण्ड्सका ग्राहकहरु आजदेखि फेवाको चञ्चलता पनि नियाल्न सक्नेछन् । ‘हामीले बिरौटा चोकमै रहँदा गरिएको थेममा यहाँ डेकोरेसन गरेका छौँ । पहिलेभन्दा स्पेस ठूलो छ । तालबाट आउने चिसो हावासँगै कफी पिउनुको मज्जा नै छुट्टै हुनेछ । ड्रिंक्स, स्न्याक्स पनि हामी सर्भ गछौँ । ग्राहकलाई कन्जस्टेड फिल हुन दिने छैनौँ’ क्याफेका सञ्चालक कुश थापाले भने ।

Batas

नयाँ स्थानमा फरक व्यवस्थापन सहित सुरु गर्दा करिब एक करोडको लगानी भएको अर्का सञ्चालक कमल गिरीले बताए । ‘करिब एक करोड लगानी गरेका छौँ आजदेखि ड्यामसाइडमा सञ्चालनमा आएको क्याफेमा फ्रेस जुस पनि उपलब्ध हुने छ’ गिरीले सुनाए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.