www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मेडिकल कलेजले तलब नदिँदा डाक्टर नै मारमा

पोखरा
ताण्डव न्यूज ।

गण्डकी मेडिकल कलेज पोखराले ३ महिनाको तलब रोकेपछि डाक्टर नै मर्कामा परेका छन् । डाक्टर, मेडिकल अफिसर, नर्सलाई तलब नदिएको गुनासो छ ।

यस्तो बेला आफ्नो जिम्मेवारी पूरा गर्दा समेत समयमा तलब नपाएको एक डाक्टरले गुनासो गरे । ‘मेडिकल अफिसर र नर्सलाई २ महिनाको तलब बाँकी छ भने हाम्रो ३ महिनाको तलब बाँकी छ,’ डाक्टरले आँखा भरी आशु बनाउदै भने, ‘कोरोना महामारीको बेला घर–परिवारले पिर मान्दामान्दै हामी अस्पतालमा बिरामीको सेवामा खटिन्छाँै, एक त यो बेला घरबेटीहरुले हामीलाई हेर्ने दृष्टिकोण अर्कै छ, त्यसैमाथी घर भाडा बेलैमा बुझाउन नपाएपछि कास्तो हालत भएको छ, होला भनेर अस्पताल प्रशासनले बुझ्नु पर्दैन ?’

Batas

अस्पतालमा कोरोना भन्दा अघिकै जस्तो बिरामीको उपस्थिती रहेको एक नर्सले नाम नबताउने सर्तमा गुनासो राखिन् । ‘अन्य पेशा व्यवसायी जस्तो कोरोनाको बेला काम बन्द गर्नुपर्ने होइन, बिरामी पनि आएकै छन्,’ उनले भनिन्, ‘कोरोनाका बेला बिरामी आएका छैनन् , त्यही भएर तलब बेलैमा दिन सकेका छैनन् भन्ने ठाउँ पनि छैन । बिरामी आएकै छन् । अस्पतालले पैसा कमाउने अनि कर्मचारीलाई बेलैमा तलब दिन नसक्ने ?’
कोरोनाको कारणले अप्ठ्यारो परेको अस्पतालका फाइनान्स कन्ट्रोलर युबराज शर्माले बताए । ‘कोरोनाका कारण केही समस्या आएकै हो, तल्लो कर्मचारीलाई साउनसम्मको दिएको हो तर केहीलाई असारबाट दिन बाँकी छ ।’

अस्पतालले तलब रोक्नै नपाउने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए । ‘सामान्यतया मासिक नै हो तलब दिने, केही कर्मचारीलाई एकमुस्ठ दिने भनेर जागिर खाँदा पत्रमा उल्लेख छ भने त ठिकै हो, नत्र एक महिना पनि रोक्न पाइदैन्,’ उनले भने, ‘कहिलेकाही दुई–चार दिन ढिलो हुनु स्वभाविकै हो तर दुई–तीन महिना रोक्न मिल्दै मिल्दैन् । यस्तो भएको पाइएमा कारवाही हुन सक्छ ।’

अहिले अस्पतालमा डाक्टर ८२ जना, मेडिकल अफिसर, रेसिडेन्सिय एमडि सहित ७३, नर्स २ सय ५ जना रहेको मेनेजमेन्ट सुपरिटेन्डेन्ट टू माया घलेले बताइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.