www.tandavnews.com
Fact ~ In search of truth

१ हजार २४६ जनामा कोरोना संक्रमण, १ हजार २४३ जना डिस्चार्ज

पोखरा ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २४६ कोरोना संक्रमित थपिएइका छन् ।

गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना भाइरस संक्रमितको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । गएको २४ घण्टामा एक हजार दुई सय ४३ निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४२ हजार नौ सय ४९ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

अब नेपालमा १६ हजार दुई सय ४१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये आईसीयूमा एक सय ८२ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् ।

यस्तै सात हजार आठ सय ८३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.