www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः कोरोनाबाट नवलपरासी देबचुलीका ३१ वर्षीय पुरुषको मृत्यु

प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या ३२

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Batas

मृत्यु हुनेमा नवलपरासी देबचुली–११ का ३१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको गएराती १२ बजे १८ मिनेटको समयमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी भदौ २५ गते अस्पताल भर्ना भएकोमा २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा जटिल श्वासप्रस्वास र मृगौला सम्बन्धि समस्या रहेको अस्पतालले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या ३२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.