www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः पोखरा वडा नम्बर–१९ का २ वर्षीय बालकसहित पोखरामा थपिए १५ संक्रमित

पोखरा,
ताण्डव न्यूज।

पोखरामा २ वर्षीय बालकसहित फेरि १५ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा वडा नम्बर १९का ४, ७ का ५, १ र १६ का १÷१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।


वडा नम्बर १९ का २ र ७ वर्षीय  र वडा नम्बर एकका ७ वर्षीय बालकमा पनि संक्रमण पुष्टि भएको हो । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३३३६ पुगेको छ ।

Batas

यसैबीच नवलपरासी देबचुली–११ का ३१ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या ३२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.