www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बुद्ध विशाल बजारमा सामान खरीदमा २५ प्रतिशत सम्म छुट

पोखरा ।

पोखराको बुद्ध विशाल बजारले ग्राहकलाई सामान खरिदमा विशेष छुट दिने भएको छ।

नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारले ग्राहकलाई विशेष छुट दिइने भएको हो ।

Batas

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीका अनुसार ग्राहक वर्गलाई उपहार भन्दा  गुणस्तरीय सामान बेच्ने उद्देश्यसहित छुट दिने योजना ल्याइएको हो ।

अध्यक्ष खत्रीको अनुसार सबै ग्राहकलाई हरेक सामान खरिदमा १० देखी २५ प्रतिशत सम्म छुटको व्यवस्था छ। उनले भने,‘‘उपहार पहिले पहिले नगद १० देखी २५ प्रतिशत छुट अहिले’ भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छुटको व्यवस्था गरिएको छ । ’

यस्तै ग्राहकहरूको सुविधाको लागि बुद्ध विशाल बजार अबदेखि शनिवार पनि खुला गरिने भएको छ।खत्रीले महामारीको रुपमा देखिएको कोरोना भाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई आग्रह गरेका छन् ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले विशाल बजारको मुख्य गेटमा हात धुने, ज्वरो नाप्ने , माक्स लगाउने , सेनेटाइजर लगाउने व्यवस्था गर्नुको साथै सम्पुर्ण व्यवसायीहरुले सामाजिक दुरीको साथ पसल सञ्चालन गरीएकोले ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.