www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : हेम्जामा एउटा घर/जग्गाको दुई वटा लालपुर्जा !

पाेखरा
ताण्डव न्यूज । 

पोखरा महानगरपालिका–२५ मा शोभाखर भण्डारीले एउटा जग्गा किने । २०४६ कार्तिक ५ शोभाखर भण्डारीले आफ्नो श्रीमती फुलमाया भण्डारीको नाममा जग्गा किनेर लालपुर्जा पनि हात पारे । त्यसपछि ३ पैसा ३ दामको जग्गा किनेर घर पनि बनाए । तर अहिले ३० वर्ष पछि आएर त्यो जग्गामा होइन त्यसमा बनेको फुलमायाको घर समेत अर्को व्यक्तिले दाबि गरे ।

दाबि गर्ने महिला थिइन् गंगाकुमारी थापा । त्यो (पुर्खौली) जग्गा जसले सुरुमा बेचे कर्णबहादुर थापा मगरकी छोरी हुन्, गंगाकुमारी थापा । अहिले आएर गंगा र उनको भाई शेरबहादुर थापाले मिलेर किर्ते गरेको आरोप शोभाखरले लगाएका छन् । गंगा र शेरबहादुरको बुवाले पहिला ३० वर्षअघि दण्डपानी अधिकारीलाई बेचे, दण्डपानीले क्षेत्रकुमारी अधिकारीलाई बेचे, त्यसपछि २०४६ सालामा शोभाखरले आफ्नो श्रीमती फुलमायाको नाममा जग्गा किनेका थिए ।

जग्गा किन्ने बेलामा पहिला एक कित्ता थियो । ३० वर्ष अघि जग्गा लिदा ३ आना ३ पैसा ३ दाम जग्गा एउटै कित्तामा थियो । त्यो वेला गंगाकै बुुवाले त्यही कित्ताबाट ३ पैसा ३ दाम वेचेको शोभाखर बताउछन् । ‘अहिले आएर शेरबहादुर र उनीकी दिदि मिलेर जालसाझी गर्ने खोजेको आरोप लगाए,’ उनले भने, ‘हामीसँग लालपुर्जा छ, तर कसरी गंगाको नाम पनि अहिले आएर लालपुर्जा बन्यो भन्ने हो । गंगाले हाम्रो घरमा आएर घर भाडामा बस्ने मान्छेलाई अबदेखि यो घर मेरो हो भाडा मलाई बुझाउने भने । मेरो घर नै दाबि गर्ने अनि यस्तो पनि हुन्छ ? त्यहि भएर मैले शेरबहादुर, उसको बहिनी गंगा, पोखरा–२५ का वडाध्यक्ष र मालपोत विरुद्ध अख्तियारमा उजुरी दिएको छु । मेरो घर जग्गा दाबि गर्न आएपछि मैले मालपोत गएर हेरे जग्गा मैरै श्रीमतीको नाम छ । गंगाले अहिले एकै ठाँउमा हुदाखेरीको त्यो बेलाको लालपुर्जा पनि बोकेर हिडेकी छन् ।’

Lama collectio News Middle

शोभाखरका अनुसार पोखरा–२५ का वडाध्यक्षलाई घरको बारेमा थाहा हुदा पनि सिफारिस दिएको गुनासो गरे । ‘वडाध्यक्षलाई मेरो घर त्यहा छ भन्ने थाहा हुदा पनि गंगालाई त्यो ठाउँमा कुनै घर नरहेको र कच्ची बाटो मात्र रहेको सिफारिस दिनु नियत गलत छ,’ उनले भने, ‘वडाध्यक्षले किन सिफारिस दिए भन्ने विषय गम्भिर छ ।’

पोखरा २५का वडाध्यक्ष शोभाखर तिम्सीनाले दुई वटा लाल पूर्जा हुनु शंकास्पद रहेको बताए । ‘म कहाँ गंगाको नाममा रहेको लालपुर्जा र तिरो तिरेको रसिद आएपनि मैले घर छैन भनेर सिफारिस दिए,’ उनले भने, ‘दिने प्रक्रिया नै त्यही हो तर त्यही जग्गामा घर छ र अर्को लालपूर्जा छ भन्ने मलाई कसरी थाहाँ हुन्छ ? घटना हेर्दा कि शेरबहादुर र उनकी दिदि गंगाले गलत गरेका छन् कि मालपोतबाट गलत भएको छ ।’

घर दाबि गरेकी गंगाले यस विषयमा आफुलाई केही थाहा नभएको बताईन् । ‘मेरो भाई शेरबहादुरले आफ्नो नाममा भएको जग्गा लिदिनु भनेर मैले लिएका हो,’ उनले भने, ‘अरु मलाई केही थाहा छैन ।’

केही जग्गा शोभाखर भण्डारीले अर्थात श्रीमती फुलमाया भण्डारीको नाममा रहेको जग्गामा परेको शेरबहादुरको दाबि छ । ‘शोभाखरको जग्गामा र अर्को कित्ता गरि दुई ठाँउमा मेरो केही जग्गा परेको छ,’ उनले भने, ‘सबै जग्गा पर्छ भनेको होइन, हाम्रो केही जग्गा पर्छ भनेको हुँ मैले ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop