www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवस : कास्की कारागारका ११ कैदी छुटे

अर्जुन गाहा
पोखरा, ताण्डव न्यूज ।

संविधान दिवसको अवसरमा कास्की कारागारमा कैद भुत्तान गरिरहेका ११ जना कैदीबन्दीको सजाय मिनाहा गरिएको छ । नेपालको संविधान धारा २ सय ७६ फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्यवन नियमावली २०७४ को दफा ३५ अनुसार कास्कीका ११ जनालाई कैदमुक्त गरिएको हो ।

‘गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार कास्कीका ११ जनालाई कैद मुक्त गरिएको हो’, कास्की कारागार प्रमुख केशव लामिछानेले ताण्डव न्यूसँग भने, ‘जसमध्ये १ जना महिला हुनुहुन्छ अन्य सबै पुरुष हुनुहुन्छ । अहिले उहाँहरु कैदमुक्त भैसक्नुभो ।’

Batas

लामिछानेका अनुसार सवारी ज्यान उद्योगको २ जना, कर्तव्य ज्यानको ५ जना, आगोलगाई कर्तव्य ज्यान लिने १, जवरजस्ती करणी तथा ज्यान मार्ने उद्योग १, ज्यान मार्ने उद्योग सहित डाँकाचोरी १ र नकबजनी (घर फोरेर ) चोरी गर्ने १ गरी ११ जना कैदी छुटेका हुन् ।

संविधान दिवसको अवसरमा देशभरबाट कुल २ सय ८९ जना कैदीलाई सजाय छुट दिँदै जेलमुक्त भएका छन् भने गण्डकी प्रदेशबाट २३ जनाको कैद सजाय मिनाहा भएको छ ।

यसअघि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कास्कीबाट ४ जना सहित देशभरका २ सय २३ जना कैदीबन्दी छुटेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.