www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकाका एक र पोखराका ५ जनामा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा थप ६ जना संक्रमित थपिएका छन् ।

Batas

माछापुच्छ्रे गाउँपालिकाका एक सहित पोखरा महानगरका ५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ का ५७ वर्षीय पुरुष, पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ वर्षीय पुरुष, १० का ३६ वर्षीया महिला, ८ का १७ वर्षीय महिला, २५ का २६ वर्षीय पुरुष र ५ का ५७ वर्षीय पुरुष रहेका छन् ।

माछापुच्छ्रे गाउँपालिकाका पुरुष कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन भने अन्य सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि गएका थिए ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४०८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.