www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट एक सैनिकको मृत्यु

काठमाडौं ।

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

Batas

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.