www.tandavnews.com
Fact ~ In search of truth

साझा युवा संगठनको गण्डकी प्रदेशमा २९ सदस्यीय समिति घोषणा

पोखरा।

साझा युवा संगठनले गण्डकी प्रदेश अन्तर्गत २९ सदस्यीय समिति गठन गरेको छ । राजन पन्थीको संयोजकत्वमा गण्डकी प्रदेश अन्तर्गत २९ सदस्यीय प्रदेश समिति गठन गरेको हो।

शनिवार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा तनहुँकी हमिदा मियाँ, तनहुँका सन्देश अधिकारी, लमजुङकी एनिका सापकोटा, लमजुङका आशिष श्रेष्ठ, चक्र थापा, लमजुङकी यशोदा शर्मा , बागलुङका अमर रेग्मी, हरि चालिसे, स्याङ्जाका सुमन भट्टराई, युवराज ढकाल, पुर्ण वाग्ले, पर्वतका भिमलाल बस्याल, राजन भुषाल रहेका छन्।

Batas

यस्तै कास्कीकी अनुपा वाग्ले, ममता सुवेदी, मनिषा मगर कास्कीका प्रतीक सुनार, रोशन सुनार, अनिष बास्तोला, गोरखाका सुरज भुजेल, उपेन्द्र लामिछाने, असन ढकाल, दिपेन्द्र लामिछाने, नारायण ढकाल, असिम पोख्रेल, नवलपुरका शरद अर्याल, नवलपुरकी प्रतीक्षा पौडेल र म्याग्दीका थम प्रसाद आचार्य रहेका छन्।

प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य सहित समिति घोषण गरेको संयोजक राजन पन्थीले बताए ।

घोषणा कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र तथा साझा पार्टी युवा संगठन केन्द्रीय संयोजक अबदुस मिया पनि उपस्थित थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.