www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा थपिए १३२५ जना संक्रमित, १० जनाको मृत्यु

काठमाण्डौ ।

आज देशभर १३२५ संक्रमित थपिएका छन् । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६४ हजार एक सय २२ पुगेको छ ।गएको २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ११ ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

Batas

गएको २४ घण्टामा नौ हजार पाँच सय ८४ जनाको पीसीआर परीक्षण गरिएको थियो । गएको २४ घण्टामा नौ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४६ हजार दुई सय ३३ पुगेको छ ।

नेपालमा १७ हजार चार सय ७८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.