www.tandavnews.com
Fact ~ In search of truth

आजबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाको लक्षण भएकाको मात्रै पीसीआर परीक्षण गरिने

पोखरा,
ताण्डव न्यूज ।

पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा अब कोरोनाको लक्षण भएका व्यक्तिको मात्रै पीसीआर जाँचिने भएको छ ।

Batas

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रह अनुसार आजदेखि अस्पतालको ओपिडी र फेवर क्लीनिकमा पुग्ने व्यक्तिमा कोरोनाको लक्षण भए मात्रै पीसीआर टेष्ट गर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पताल प्रशासनले होम आइसोलेसनमा रहेका, ट्राभल हिस्ट्री भएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेका सेवाग्राहीहरुले स्वाव संकलनको लागि आफु बस्ने गाउँपालिका वा वडा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

यस्तै सेवाग्राहीहरुले स्वेच्छाले पीसीआर टेष्ट गर्न चाहेमा परीक्षणका लागी अस्पतालमा सञ्चालित फेभर क्लिनिक मार्फत काउन्टरमा सम्र्पक गरी तोकिएको रकम बझाएपछि मात्र पीसीआर परीक्षण गर्ने अस्पतालले जनाएको छ ।

लक्षण नदेखिएका व्यक्ति अस्पताल पुगी लाइन नबस्न र अनावश्यक भिडभाड नगर्न अस्पतालले आग्रह गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.