www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा एकै दिन ४८ फरार प्रतिवादी पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा ४८ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।

भदौँ ४ गते (हिजो) जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरीस्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ ।

साथै माथि उल्लेखित मध्येका हाडनाता करणी मुद्धामा २ वर्ष कैद तोकिई बिगत २३ बर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका–५ बस्ने वर्ष ६४ को कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ वर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका थिए ।

त्यस्तै जिल्ला स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने वर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ वर्ष कैद तोकिई बिगत १० वर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरीनास गाउँपालिका–१ बस्ने वर्ष ६२ को लाल बहादुर नाम्जाली लाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.