www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा कोरोनाबाट १६ जनाको ज्यान गयो, एक हजार पाँच जना निको भए

पोखरा ।

पछिल्लो २४ घण्टामा देशभर १६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

यो २४ घण्टामा ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै हो । १६ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यस्तै देशभर २४ घण्टामा १०५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।

गएको २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा संक्रमण पुष्टि भएको हो। गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४७ हजार दुई सय ३८ पुगेको छ ।

अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.