www.tandavnews.com
Fact ~ In search of truth

११ लाख सिरिन्ज चिनियाँ सडकमा अलपत्र

पोखरा ।

नेपाल ल्याइँदै गरेको ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज चिनियाँ सडकमा अलपत्र परेको छ ।

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि सिरिन्ज चिनियाँ सडकमा अलत्रपत्र परेका हुन् । ‘अटो डिस्पोजेबल’ सिरिन्ज बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुन्छ ।

Batas

रसुवागढीमा कोभिड –१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो ।

कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.