www.tandavnews.com
Fact ~ In search of truth

हालसम्म ४८ हजार बढीले कोरोना जिते, २४ घन्टामा १३ सय ५६ जनामा संक्रमण

पोखरा ।

देशमा हाल सम्म ४८ हजार बढीले कोरोनालाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ८२३ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै कोरोनाबाट निको हुनेमको संख्या ४८ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

देशमा पछिल्लो २४ घण्टामा १३ सय ५६ जना संक्रमित थपिएका छन। २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिदाँ १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

संक्रमितको संख्या हालसम्म ६६ हजार ६३२ पुगेको प्रवक्ता डा. गौतमले जनाए ।पछिल्लो समय कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.