www.tandavnews.com
Fact ~ In search of truth

अलर्ट : गण्डकी सहित देशभरका नदीमा बाढीको सम्भावना

सर्तक रहन आग्रह

पोखरा,

ताण्डव न्यूज ।

आगामी दिन दिन देशका अधिकांश नदीको बहाव बढ्ने नेपाल बाढी सुचना विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Batas

आज रातीबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र यसको सहायक नदी कालीगण्डकीमा बहाब उच्च हुने र भोली सर्तकता देखि खतरा आसपास पुग्न सक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।

तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन बाढी सुचना विभागले आग्रह गरेको छ । अहिले गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भईरहेको छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङमा भारी वर्षाको सम्भावना रहेकाले यी जिल्लामा उच्च जोखिम रहेको विभागले जनाएको छ ।

यी जिल्लाका साना तथा ठुला स–साना नदीमा आकस्मिक पानीको बहाव बढ्ने सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन बाढी सुचना विभागले अनुरोध गरेको छ ।

भोली सम्मै गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले उच्च सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.