www.tandavnews.com
Fact ~ In search of truth

बाघको छाला ,सालकको खपेटासहित धादिङका सन्तोष लामिछाने पोखरा शिशुवाबाट पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

धादिङका सन्तोष लामिछाने बाघको छालासहित पोखरामा पक्राउ परेका छन् ।

अन्यत्रबाट आई कास्की जिल्ला भित्र वन्यजन्तुको आखेटो पहार अवैध ओसारपोसार गरिरहेका सन्तोष हिजो (मंगलबा) साँझ पोखरा महानगरपालिका वडा नम्बर ३१ शिसुवाबाट प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईलाका प्रहरी कार्यालय. शिसुवा, कास्कीबाट खटिएका प्रहरी टोलीले हिजो चेकजाँच गर्ने क्रममा २८ वर्षीय सन्तोषलाई शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको समयमा पक्राउ गरेको हो ।

धादिङ गल्छी गाउँपालिका वडा नम्बर ४ बस्ने सन्तोष प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरकोे मोटरसाइकल पछाडी जेब्रा झोलामा बाघको छाला, सालकको खपेटा लगायत अन्य वन्यजन्तुको हाड ,खुट्टाहरु लुकाई छिपाइ बोकेर हिडिरहेका थिए ।

प्रहरीको अनुसार उनको साथबाट बाघको छाला – १ थान, सालकको खपेटा –१ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी अन्दाजी ३ के.जी. ७५० ग्राम बरामद भएको छ ।

बाघको छालाको लम्बाई ८ फिट, चौडाई ३ फिट र सालकको खपेटाको लम्बाई २ फिट ५ ईन्च, चौडाई ११ ईन्च रहेको छ ।

अनलाईन सर्भिसमा काम गर्ने सन्तोषलाई नियन्त्रणमा लिई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको प्रहरीले बताएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.