www.tandavnews.com
Fact ~ In search of truth

बागलुङःकुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित

बागलुङ ।

पहिराले घरमा क्षति पु¥याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ ।

गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो । विकका १४ वर्षीय छोरा वीरेन्द्र र छ वर्षीय नाति प्रवेशसमेतको उक्त पहिरामा पुरिएर मृत्यु भएको थियो । बिककी ५२ वर्षीया श्रीमती डिलसरा घाइते भएकी थिइन् ।

Batas

पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बस्नुभएका कारण बच्न सफल भएको बताउँदै हिराबहादुर विकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गरे । ‘रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएको थिएँ । तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए । राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत पुरेछ’, उनले भने, ‘अहिले हामी घर न घाटको भयौं, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु ।’

आर्थिक अवस्था नाजुक रहेका ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन् । ‘पोखरेलले घर नबन्दासम्मका लागि कुखुराको खोरमा बस्नू भनेको छ’, उनले भने, ‘खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठीक छ ।’ गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था छैन । गाउँघरमा मजदूरी गरेर ६ छोरोछोरीको लालनपालन गर्दै आएका विकको परिवार पहिराले घरनै बगाएपछि ठूलो संकटमा परेको छ ।

विकका तीन छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ भने जेठो छोरा पनि बिहे गरेर ससुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरामा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारीका लागि घर बाहिर छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उनलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.